Premier Cables

अपराध विराटनगर

विराटनगरमा करिब ३५० किलो गाँजा बोकेको स्कार्पियो दुर्घटनामा, चालक फरार

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज १०, २०८३  | राती ११:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित आयल निगम नजिक प्रहरीको पिछा गर्ने क्रममा गाँजा बोकेको स्कार्पियो दुर्घटनामा परेको छ।

इटहरीतर्फबाट विराटनगर आउँदै गरेको स्कार्पियोलाई प्रहरीले पिछा गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ।

विज्ञापन

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परेको स्कार्पियोमा १३ पोका गाँजा भेटिएको छ। गाँजाको परिमाण करिब ३५० किलो रहेको विवरण आए पनि यसको आधिकारिक पुष्टि प्रहरीले गरिसकेको छैन। चालक भने फरार भएका छन्।
Gaja

दुर्घटनाका क्रममा स्कार्पियोले अर्को गाडीमा समेत ठक्कर दिएको बताइएको छ। घटनालगत्तै मोरङ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

घटनाबारे थप विवरण तथा बरामद गाँजाको वास्तविक तौल प्रहरीले पुष्टि गरेपछि स्पष्ट हुने जनाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka