विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापति पदमा दुई जनाले उम्मेदवारी दाबी गरेका छन् ।
पार्टीमा लामो समयदेखि सक्रिय रहेका युवा नेता कृष्ण कार्कीले पार्टी महानगर सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । अघिल्लो निर्वाचनमा उनी वर्तमान महानगर सभापति दीपक चापागाईसँग पराजित बनेका थिए ।
तालिका अनुसार असोज ७ गने महानगरको चुनाव हुँदैछ । उनले आफू उमेदवार बन्ने पार्टी प्रतिनिधिलाई जानकारी गराएर अभियान समेत शुरु गरिसकेका छन् । कार्कीले आफू लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेको भन्दै यसपटक महानगरमा सभापतिको जिम्मेवारीमा रहेर काम गर्ने तयारीमा रहेको सुनाए ।
यसैगरी विराटनगर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष तथा तरुण नेता सन्तोष न्यौपानेले पनि महानगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । युवा राजनीतिबाट पार्टीमा सक्रिय न्यौपाने लोकप्रिय नेताको सूचीमा पर्छन ।
पद प्राप्त गर्नु र त्यसलाई कुशल ढंगले निर्वाह गर्नु फरक कुरा भएको बताउँदै न्यौपानेले यस पटक महानगर सभापति भएर केही काम गर्ने योजना आफूसित भएको बताएका छन् ।
