Premier Cables
Premier Steel

राजनीति विराटनगर

कांग्रेस विराटनगर सभापतिमा सन्तोष र कृष्णको दाबी

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापति पदमा दुई जनाले उम्मेदवारी दाबी गरेका छन् ।

पार्टीमा लामो समयदेखि सक्रिय रहेका युवा नेता कृष्ण कार्कीले पार्टी महानगर सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । अघिल्लो निर्वाचनमा उनी वर्तमान महानगर सभापति दीपक चापागाईसँग पराजित बनेका थिए ।

विज्ञापन

तालिका अनुसार असोज ७ गने महानगरको चुनाव हुँदैछ । उनले आफू उमेदवार बन्ने पार्टी प्रतिनिधिलाई जानकारी गराएर अभियान समेत शुरु गरिसकेका छन् । कार्कीले आफू लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेको भन्दै यसपटक महानगरमा सभापतिको जिम्मेवारीमा रहेर काम गर्ने तयारीमा रहेको सुनाए ।

यसैगरी विराटनगर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष तथा तरुण नेता सन्तोष न्यौपानेले पनि महानगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । युवा राजनीतिबाट पार्टीमा सक्रिय न्यौपाने लोकप्रिय नेताको सूचीमा पर्छन ।

पद प्राप्त गर्नु र त्यसलाई कुशल ढंगले निर्वाह गर्नु फरक कुरा भएको बताउँदै न्यौपानेले यस पटक महानगर सभापति भएर केही काम गर्ने योजना आफूसित भएको बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka