Premier Cables
Premier Steel

विराटनगर

विराटनगर-४ मा कांग्रेस क्रियाशील वितरण सकियो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशील सदस्यता प्रमाणपत्र वितरण तथा नेता-कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। शनिबार विराटनगरस्थित कच्चनवारीमा रहेको वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा भित्रका कांग्रेस नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम वडा सभापति राजकुमार तवदारको नेतृत्वमा सम्पन्न भएको हो। तवदारले कार्यक्रमले संगठनलाई थप सक्रिय बनाएको उल्लेख गर्दै निकट भविष्यमा टोल-टोलमा छलफल कार्यक्रम सञ्चालन गरिने घोषणा गरे। उनी आगामी स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका आकांक्षी समेत रहेका छन्।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता एवं पूर्व प्रदेशसभा सदस्य चुमनारायण तवदारले वडा भित्र कांग्रेस चलायमान बनेकोप्रति खुसी व्यक्त गर्दै, पार्टीका नेता कार्यकर्ताहरूलाई साझा अवधारणाका साथ जनता नजिक रहने र समस्या समाधानमा अग्रसर रहन आग्रह गरे। उनले विराटनगर–४ को जनसंख्या वृद्धि अनुसार विकास सुस्त भएको उल्लेख गर्दै योजनाबद्ध पहल आवश्यक भएको बताए।

नेपाली कांग्रेस मोरङका सह-सचिव सञ्जय मण्डलले वडाका २८ टोल समिति अन्तर्गत ४३९ जना क्रियाशील सदस्यको विवरण संकलन भइसकेको जानकारी दिँदै, नामावली जिल्ला समितिमा पठाइसकेको बताए।

प्रदेशसभा प्रतिनिधि विनयहरि दाहालले प्रजातान्त्रिक विचारबाट प्रभावित कांग्रेस कार्यकर्ताहरूले विचारसँगै विकासका कामलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ४ का उपाध्यक्षद्वय बलक राजबंशी र अर्जुन चुडाल, सचिव राजेन्द्र भट्टराई (राजन), र स्थानीय नेताहरू काशीनाथ चुडाल, सुरेश थापा मगर, कौशल निरौला, दीपक गोसाई, मुरारी धिताल, खिलराज घिमिरे, गयालाल मण्डल, अमृता थापा मगर, दीवस राजबंशी, गणेश ब. मगर, डोरप्रसाद गिरी, परमेश्वर ढुङ्गाना, भोलाराम चौधरी, मुकेश शर्मा, किशोर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka