Premier Cables

समाचार

विराटनगरका विद्यार्थीलाई ‘महावतार नरसिंह’ च्यारिटी शोमा देखाइयो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले “द लर्निङ्ग लेन्स इतिहास र नवप्रवर्तनलाई सिर्जनात्मक दृष्टिकोणबाट” भन्ने थिम अन्तर्गत एनिमेसन चलचित्र “महावतार नरसिंह” को निःशुल्क च्यारिटी शो आयोजना गरेको छ ।

यस कार्यक्रममा तीनवटा विद्यालयका करिब १९३ विद्यार्थी र ४ जना शिक्षक सहभागी भएका थिए । सहभागी विद्यालयहरूमा राधा कृष्ण माध्यमिक विद्यालय जसबाट ९१ विद्यार्थी र १ शिक्षक, आमाको माया छात्रावासबाट ३० विद्यार्थी र जनता आधारभूत विद्यालयबाट ७२ विद्यार्थी र ३ शिक्षक सहभागी थिए ।ण्

विज्ञापन

विद्यार्थीहरूले इतिहास, पौराणिक गाथा र प्रविधिको मिश्रण रहेको चलचित्र मनोयोगका साथ हेरेका थिए । शिक्षकहरूले यस किसिमको शैक्षिक अवसरले विद्यार्थीलाई पाठ्यपुस्तक भन्दा बाहिरको ज्ञान सिक्न तथा सिर्जनशील सोच बढाउन मद्दत गर्ने बताए ।

कार्यक्रमपछि विद्यार्थीहरूलाई चलचित्रबाट सिकेका कुराहरू र आफ्ना अनुभवबारे एक पृष्ठको लेख लेख्न अनुरोध गरिएको छ । उत्कृष्ट लेखहरूलाई पछि विशेष कार्यक्रममा पुरस्कार दिने निर्णय समेत गरिएको छ ।

रोटरी क्लबका पदाधिकारीहरूका अनुसार, “इतिहास र प्रविधिलाई सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दा बालबालिकाले रमाइलो मात्र होइन, जीवनभर सम्झन सक्ने शिक्षा पनि पाउँछन् ।”

यसरी निःशुल्क आयोजना गरिएको च्यारिटी शो क्लबका सामुदायिक शैक्षिक अभियानहरूमा अर्को उपलब्धि बनेको रोटरी अध्यक्ष गिरिजा शारडाले बताइन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka