Premier Cables
Premier Steel

राजनीति

राजावादी समूहद्वारा काठमाडाै उपत्यका बन्दको घोषणा

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ १८, २०८२  | राती ८:३३ बजे

विराटनगर । राजसंस्था पुर्नस्थापनाका निम्तठित संयुक्त जनआन्दोलन समितिले भोलि (सोमबार) काठमाडौ उपत्यका बन्द घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरिएको छ ।

बिज्ञापन

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए ।

उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ ।

‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो त्यसको हामी निन्दा गर्दछौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेता पक्राउको विरोधमा राप्रपा कार्यकर्ताले साँझ राँके जुलुस निकालेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka