Premier Cables

राजनीतिसमाचार

राजावादी जनआन्दोलन, सात ठाउँबाट निस्कियो जुलुस

Calendar बिहिबार, जेठ १५, २०८२  | अपराह्न १:२७ बजे

काठमाडौं । राजावादीको आन्दोलन अन्तर्गत बिहीबार काठमाडौं केन्द्रित संयुक्त जनआन्दोलन सुरु भएको छ ।

बिज्ञापन

संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट आन्दोलन थालिएको हो ।

बिज्ञापन

काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए ।

आजै बजेट भाषण भएकाले लिङदेन संसद पनि जानुपर्ने छ । उनी आन्दोलनमा सहभागी भइसकेर ३ बजे सम्भवतः संसद जाने छन् । राजावादी सबै दल र घटकका नेताहरु आन्दोलनमा सहभागी हुने कार्यक्रम छ ।

संयुक्त जनआन्दोलन समितिका वयोवृद्ध संयोजक नवराज सुबेदी पनि आउनेछन् । यसअघि उनी तीनकुनेको आन्दोलनमा जाँदा प्रहरीको अश्रुग्यास खाएपछि भाग्नुपरेको थियो ।

जनप्रदर्शनका लागि कुनै पनि मञ्च भने भनाइएको छैन । यद्यपि, तात्कालीन अवस्था हेरेर सभा पनि आयोजना हुन सक्ने उनको भनाइ छ ।

आजको आन्दोलन पूर्णरुपमा शान्तिपूर्ण हुने र मुठभेडको कुनै पनि नीति नरहेको श्रेष्ठ बताउँछन् । प्रदर्शनमा नाराजुलुस र नाचगानसमेत हुने उनले जानकारी दिए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो