Premier Cables

राष्ट्रिय

बाढी प्रभावित नुवाकोट पुगे राष्ट्रपति पौडेल, रसुवातर्फ लागे

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २२, २०८३  | अपराह्न १२:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सोमबार भदौ २२ गते नुवाकोट पुगेका राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षति, जारी खोज तथा उद्धार कार्य, राहत वितरण, होल्डिङ सेन्टरको सञ्चालन तथा प्रभावितको पुनर्स्थापनाका विषयमा जानकारी लिएका हुन् ।

विज्ञापन

राष्ट्रपतिको सचिवालयका अनुसार विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालासँग बाढीपछिको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए ।

नुवाकोटको स्थलगत अवलोकन तथा आवश्यक जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवा प्रस्थान गरेका छन् । उनले त्यहाँ पनि बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा पीडितका समस्या बुझ्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka