






काठमाडौं । आन्देलनमा रहेका यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक यातायातका साधन बन्द गर्ने घोषणा गरेका छन् ।
सवारी साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएका व्यवसायीले यातायात बन्द घोषणा गरेका हुन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै यातायात बन्दको चेतावनी दिएको छ ।
गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार सार्वजनिक यातायात बन्द गरेका छन् । यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा आएका थिएनन् ।
सरकारले आफूहरुका माग सुनुवाइ नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन ग्यारेजमा थन्काउने निर्णय भएको जनाइएको छ । सर्वसाधारणमा पर्न जाने सबै असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा बन्दले आमउपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न व्यवसायीले आग्रह गरेका छन् ।
यातायात व्यवसायीले पोखरामा विगत तीन दिनदेखि सवारी साधन ठप्प बनाई सडकमा आन्दोलनमा छन् । उनीहरुले संघीय राजधानी काठमाडौमा समेत प्रदर्शन गर्दै आएका छन् ।