Premier Cables
Premier Steel

समाचार

काेसी प्रदेशका प्रमुख सहरमा गाडी बन्द, सर्वसाधारणलाई सास्ती

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १९, २०८२  | बिहान ८:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अत्यावश्यक सेवामा हडताल गर्न नपाइने कानुनविपरीत यातायात व्यवसायीहरू सवारी ठप्प पार्दै आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले सास्ती पाएका छन् । गण्डकी प्रदेशमा यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका थिए । साेमबार देशभर बन्द गरिएकाे हाे ।

व्यवसायीकाे बन्द आह्वानका कारण काेसी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । झापामा सार्वजनिक सवारी साधन चलेका छैनन् । धरानबाट समेत लामाे तथा छाेटाे दुरीका साधन चलेनन् । विराटनगरमा पनि सार्वजनिक यातायातका साधन ठप्प छन् ।

बिज्ञापन

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोसी प्रदेश संयोजक सरोज श्रेष्ठले बताएका छन् ।

उनका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको हो ।

संयोजक श्रेष्ठका अनुसार यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ ।

उनले भने

देशव्यापी बन्दको प्रभाव धरान लगायत पूर्वी पहाडी क्षेत्रमा परेको छ, यातायात ठप्प रहेको छ, बन्द प्रभावकारी हुन्छ ।

उक्त नियमावली खारेजीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न गरिएको अनुरोधमा सुनुवाइ भएन । सुनवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनले बताए ।

पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरी स्कर्टिङमा काठमाडौं र चितवन पठाइएको छ । कास्की प्रहरीले आइतबार २५ वटा गाडीलाई स्कर्टिङ गरी गन्तव्यमा पठाइएको जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले
लामो दूरीका सवारीसाधन ठप्प पारे । व्यावसायीको आन्दोलनका कारण धनगढीबाट छुट्ने लामो दूरीका साधन नचल्दा यात्रु समस्यामा परेका छन्।

यस्तै, काठमाडौंमा पनि व्यवसायीको प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध भयो ।

विभिन्न ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । सार्वजनिक यातायात बचाउ संघर्ष समितिको आह्वानमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले विदेशी एपमार्फत निजी दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रु ओसारपसार गरिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।

यस्तै, बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐनको प्रतिकूल दफा खारेज गर्नुपर्ने तथा बागमती सरकारले ट्याक्सीको सट्टा भर्नामा लगाएको सिन्डिकेट खारेज गरी संघीय सरकारको मापदण्ड लागू गर्न पनि व्यवसायीको माग छ ।

आफ्ना माग पूरा नभए सोमबारदेखि सम्पूर्ण यातायातका साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी व्यवसायीको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa