Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा: डिजे निषेध,भजन-कीर्तन र सांस्कृतिक झाँकीलाई प्राथमिकता

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २०, २०८३  | बिहान ११:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आधुनिकताको नाममा धार्मिक पर्वहरूमा भित्रिन थालेको विकृतिलाई रोक्दै यस वर्षको विराटनगर राधाकृष्ण रथयात्रालाई पूर्ण रूपमा परम्परागत र मर्यादित बनाउने तयारी गरिएको छ। ५९औँ रथयात्राका अवसरमा आयोजकले यस पटक डिजे साउन्डको प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ। धार्मिक पर्वको मौलिकता, पवित्रता र परम्परागत स्वरूपलाई जगेर्ना गर्न डिजेको स्थानमा मौलिक भजन–कीर्तन, सङ्गीतमय धुन, परम्परागत बाजागाजा, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूलाई विशेष प्राथमिकता दिइएको छ।

पछिल्लो समय चाडपर्वहरूमा अत्यधिक ठुलो आवाजमा डिजे बजाउने, अवाञ्छित ढङ्गले उफ्रिने र यसले गर्दा वृद्धवृद्धा, बालबालिका तथा अशक्तहरूलाई असहज हुने गरेको जनगुनासो बढेपछि मन्दिर व्यवस्थापन समितिले यस्तो कडा निर्णय लिएको हो। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार रथयात्रालाई केवल मनोरञ्जनको साधनभन्दा पनि उच्च धार्मिक, आध्यात्मिक र सांस्कृतिक उत्सवको रूपमा स्थापित गर्न यो कदम चालिएको हो।

विज्ञापन

डिजेको प्रयोग निषेध गरिएसँगै रथयात्रामा सहभागी हुने विभिन्न संघ-संस्थाहरूले पनि परम्परागत बाजा, खैंजडी, भजनमण्डली र स्थानीय संस्कृत झल्काउने झाँकीहरूको तयारी गरेका छन्। यस किसिमको व्यवस्थाले रथयात्राको ऐतिहासिक गरिमा र धार्मिक आस्थालाई अझ बढी प्रगाढ बनाउने तथा युवापुस्तालाई आफ्नो मौलिक परम्परासँग जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। आधुनिक होहल्ला र विकृतिरहित बन्ने यस पटकको रथयात्राले समाजमा धार्मिक सहिष्णुता, सद्भाव र सांस्कृतिक अनुशासनको राम्रो संदेश दिने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka