Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा राधाकृष्ण रथयात्रा व्यवस्थित गर्न समन्वय बैठक

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा मनाइने ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा महोत्सवलाई व्यवस्थित र सफल बनाउन जिल्ला प्रशासन कार्यालय, मोरङले विभिन्न कार्यालय तथा सरोकारवालाहरूलाई समन्वय बैठकमा उपस्थित हुन आह्वान गरेको छ।

श्री राधाकृष्ण मन्दिर समिति, विराटनगर-१, मोरङको पत्रानुसार आगामी २०८३ साल भाद्र २० गते शनिबार दिउँसो ३:०० बजे श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकालिने कार्यक्रम रहेको छ। यस वर्ष २१ फिट उचाइ, १५ फिट चौडाइ, १९ फिट लम्बाइ र ८ फिट जुवाको भाग रहेको नयाँ रथमा यूगल जोडी भगवान् श्रीराधाकृष्ण विराजमान गराइनेछ। रथयात्रा मन्दिर परिसरबाट सुरु भई मेनरोड, ट्राफिक चौक, रोडशेष चौक, महेन्द्र चौक, धरान रोड, बरगाछी र दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर विधिपूर्वक सम्पन्न हुनेछ।

बिज्ञापन

उक्त रथयात्रा महोत्सवलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि मिति २०८३ साल भाद्र ०८ गते सोमबार, दिनको ३:०० बजे जिल्ला प्रशासन कार्यालय, मोरङमा समन्वय बैठक तय गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी पत्रमार्फत विराटनगर महानगरपालिका, कोशी प्रदेश प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र, शिवदल गण, जिल्ला प्रहरी तथा ट्राफिक कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, कोशी अस्पताल, सडक डिभिजन, खानेपानी संस्थान, विद्युत प्राधिकरण, नेपाल टेलिकम, नेपाल रेडक्रस सोसाइटी, केबल तथा नेट प्रदायक संघ-संस्थाका प्रतिनिधिहरू र पत्रकार महासंघलगायत सरोकारवाला निकायहरूलाई बैठकमा सहभागिताको लागि अनुरोध गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka