Premier Cables

विराटनगर

विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २०, २०८३  | बिहान १०:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने ऐतिहासिक राधाकृष्ण रथयात्रा आज कोशी प्रदेशका विभिन्न सहरहरूमा हर्षोल्लासका साथ निकालिँदै छ। इटहरी र दुहबी लगायतका सहरहरूमा पनि रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ।

आयोजकका अनुसार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुनेछ। रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ।

विज्ञापन

यस पटकको रथयात्रामा डिजे साउन्डको प्रयोगमा पूर्ण रोक लगाइएको छ। धार्मिक पर्वको मौलिकता र परम्परागत स्वरूपलाई जगेर्ना गर्न डिजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए।

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीन पैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोड शेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ अगाडि बढ्नेछ। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ। करिब ८ किलोमिटर दूरीको यो यात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था मिलाइएको छ।

यस वर्ष रथयात्राका क्रममा संकलित हुने भेटी तथा नगर परिक्रमा गराइने तीनवटा दान पेटिकाको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी भोटेकोशी बाढीपीडितको राहतका लागि खर्च गरिने आयोजकले घोषणा गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka