Premier Cables
Premier Steel

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | साँझ ५:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग जम्मा भएको हो ।

विज्ञापन

बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि बाढी तथा पहिरो प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न व्यक्ति तथा संस्थाहरूले कोषमा रकम जम्मा गर्न थालेका हुन् ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र त्यसको समन्वय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताबाट रकम आफैँ स्वीकार गरिरहनुभएको छ ।

व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले पनि अर्थ मन्त्रालयमा पुगेर नगद रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ सहयोगसँगै कोषमा रहेको रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो ।

बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

मन्त्रालयका अनुसार उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश गरिएको छैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka