Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | साँझ ७:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

आइतबार साँझ नयाँ दिल्लीस्थित ताजमहल होटलमा भएको भेटवार्ता करिब २५ मिनेट चलेको थियो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका थिए।

विज्ञापन

दुई नेताबीचको भेटवार्ता सम्पन्न भएपछि प्रधानमन्त्री शाह नेपाल–भारत संयुक्त व्यापार मञ्चले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ। उक्त कार्यक्रम साँझ ७ बजेका लागि तय गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३४ सदस्य छन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी र पत्रकार सहभागी छन्।

यसैगरी निजी क्षेत्रका ५२ जना व्यवसायीको छुट्टै टोली पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएको छ।

प्रधानमन्त्री शाहको आइतबारका लागि जयशंकरसँगको भेटबाहेक अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।

सोमबार भने उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यसक्रममा दुई देशबीचको सम्बन्ध, व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा आपसी सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka