फायल फोटो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण हाललाई स्थगित भएको छ।
उच्च स्रोतका अनुसार यसअघि अगस्ट दोस्रो साताका लागि तय भएको लामिछानेको भ्रमण पछि सारिएर सेप्टेम्बर दोस्रो साता पुर्याइएको थियो। तर, निर्धारित सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछाने चीन नजाने भएपछि अब उनको साटो सांसदहरूको टोली मात्र चीन भ्रमणमा जाने भएको छ।
भारत भ्रमणलगत्तै सभापति लामिछानेको चीन भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। सरकारी स्रोतका अनुसार उनले आगामी दिनमा कुनै उपयुक्त मिति जुराएर चीन भ्रमण गर्नेछन्, यद्यपि नयाँ मिति भने हालसम्म तय भइसकेको छैन।
यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। सो भ्रमणका क्रममा उनको उच्च राजनीतिक तथा कूटनीतिक तहमा भेटवार्ता हुने बताइएको छ।
