Premier Cables
Premier Steel

राष्ट्रिय

धर्मपत्नी निकिताले चलाउँदै छिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १२, २०८२  | राती ९:४५ बजे
Hamro Biratnagar Headlines

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको समर्थनमा चितवनमा एक विशेष हस्ताक्षर अभियान सञ्चालन गरिने भएको छ।

उक्त अभियान यहि शनिबार (असार १६) चितवनमा आयोजना गरिनेछ, जसको नेतृत्व उहाँकी धर्मपत्नी निकिता पौडेल लामिछानेले गर्नेछिन्।

बिज्ञापन

रविको राजनीतिक जीवन, संघर्ष र राष्ट्रवादी भूमिकाको समर्थनमा आयोजित यो अभियानले चितवनका जनताबीच व्यापक जनचासो पैदा गरेको छ। हालैका दिनमा लामिछानेविरुद्ध देखिएको विवादास्पद परिस्थितिलाई लिएर न्यायप्रेमी नागरिकहरू एकजुट भइरहेका छन्। उनकाे मुद्दा लड्न सहयाेग जुटाउनका निम्ति सहयाेग जुटाउने काम पनि भइरहेकाे छ ।

निकिता लामिछानेको नेतृत्वमा हुन लागेको अभियानमा चितवनका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू सबैले खुलेर समर्थन जनाउने तयारी गरेको आयोजक पक्षले जनाएको छ। रास्वपाका नेता कार्यकर्ता मात्र नभई विभिन्न पेसा, क्षेत्र र समुदायका व्यक्तिहरूले पनि लामिछानेप्रति ऐक्यवद्धता जनाउँदै हस्ताक्षर अभियानमा सहभागिता जनाउने अपेक्षा गरिएको निकिताले बताएकी छिन् ।

कार्यक्रम संयोजकहरूले यस अभियानलाई न्याय र सत्यका पक्षमा जनताको आवाजको रूपमा चित्रण गरेका छन्। “रविको सुखदुखमा साथ दिने सबै चितवनबासी अहिले एक ठाउँमा उभिन तयार हुनु भएको छ,” एक आयोजकले बताए, “यो कुनै पार्टीको कार्यक्रम नभई सत्य र न्यायको पक्षमा उठेको जन–चेतनाको प्रतिनिधित्व हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka