Premier Cables
Premier Steel

अर्थ

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | साँझ ६:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्सबाट उपभोक्ता ठगिँदै आएको खबर सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले विराटनगरका विभिन्न पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ।

बुधबार विराटनगरको विराट नर्सिङ होम नजिकै रहेको द बिजया अटो सर्भिस, नयाँ बसपार्क अगाडिको अन्नपूर्ण सप्लायर्स, महेन्द्र चोकपूर्व रहेको रघुनाथ राय–राधाकृष्ण पम्प तथा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरमा अनुगमन गरिएको हो।

बिज्ञापन

अनुगमनका क्रममा पूर्वाञ्चल आयल सप्लायर्समा जस्तो कैफियत अन्य पम्पमा फेला नपरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

सोमबार साँझ पूर्वाञ्चल आयल सप्लायर्समा गरिएको अनुगमनका क्रममा उपभोक्ता ठगिएको तथ्य सार्वजनिक भएपछि उपभोक्ताले विराटनगरका अन्य पेट्रोल पम्पमा समेत अनुगमन गर्न माग गर्दै आएका थिए। सोही मागअनुसार जिल्ला प्रशासन कार्यालय मोरङले सुमन कोइरालाको नेतृत्वमा अनुगमन टोली परिचालन गरेको हो।

बुधबार गरिएको अनुगमनमा अन्य पम्पमा त्यस्तो कैफियत नभेटिए पनि अनुगमनलाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यता, उपभोक्ता ठगी भएको प्रमाणित भएको पूर्वाञ्चल आयल सप्लायर्समाथि भने गुणस्तर तथा नापतौल कार्यालयले हालसम्म के कारबाही गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन। सोमबार कार्यालयले तीन दिनको समय दिएको थियो। उक्त समयसीमा बिहीबार सकिँदैछ।

उपभोक्ताबाट लाखौँ रुपैयाँ ठगी भएको आरोप प्रमाणित भएको पेट्रोल पम्पमाथि अब गुणस्तर तथा नापतौल कार्यालयले कस्तो कारबाही गर्छ भन्ने विषय उपभोक्ताको चासोको विषय बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka