Premier Cables
Premier Steel

राजनीति समाचार

ग्यास, मलदेखि विपद् र जङ्गली जनावरको आतङ्कसम्मका विषयमा सरकारको ध्यानाकर्षण

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | अपराह्न २:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद्, महँगी तथा जङ्गली जनावरको आतङ्कलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।

विज्ञापन

सांसद बुद्धरत्न महर्जनले नागरिकलाई स्वास्थ्य सेवा, सडक, बीउ तथा रासायनिक मलको सहज उपलब्धता सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद बासना थापाले बढ्दो महँगीका कारण सर्वसाधारणलाई दैनिक छाक टार्नसमेत कठिन भइरहेको बताउनुभयो।

सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू विदेशमा ठगिने तथा ज्यान गुमाउनेसम्मका घटना भइरहेको उल्लेख गर्दै त्यस्ता समस्या अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो।

शून्य समयमा सांसदहरू बिना गुरुङ, बुद्धिप्रसाद पन्त, बसुमाया तामाङ, भरतकुमार स्वार, भरतप्रसाद पराजुली, भरतबहादुर खड्का, भीमकुमार बुढामगर, मदनकृष्ण श्रेष्ठ, माधवबहादुर थापा, मनमाया विश्वकर्मा, मनिष खनाल, मोहनलाल आचार्य, यज्ञबहादुर बोगटी र रञ्जु न्यौपानेले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

त्यस्तै, रचना खतिवडा, रविन महतो, रजनी श्रेष्ठ, रत्नकुमारी थापा, रमेशकुमार मल्ल, रमेशकुमार सापकोटा, रमेश प्रसाईँ, रवीन्द्र पटेल, राजकिशोर महतो, राजन गौतम, राजीव खत्री, राजेशकुमार चौधरी, राधिका रम्तेल, डा. राम लामा, रिङ्गला यादव, रीना उप्रेती, रुकेश रञ्जित, रक्मिणीदेवी कोइराला, रेखाकुमारी यादव र रेनुका काउचाले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka