Premier Cables
Premier Steel

राजनीति

भ्रष्टाचार मुद्दामा सांसदलाई छुट दिन खोजिएको भन्दै कांग्रेस सचेतक राईको आपत्ति

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले दुईतिहाइ नजिकको शक्तिशाली सरकार संसदसँगै डराएको टिप्पणी गरेका छन् । सरकार सदनबाट भागेर अध्यादेशको बाटोमा हिँडेको उनको आरोप थियो ।

प्रतिनिधिसभा नियमावली मस्यौदामाथि आपत्ति जनाउँदै राईले नियम ४७ को उपनियम ३ मार्फत भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिन खोजिएको दाबी गरे ।

बिज्ञापन

“प्रतिनिधिसभा नियमावलीको नियम ४७ को उपनियम ३ मा भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास किन भइरहेको छ ?” उनले प्रश्न गरे, “संसद् संविधान र कानुनभन्दा माथि कसरी हुन सक्छ ? इलामका जनताले मलाई बेदाग प्रतिनिधिका रूपमा यहाँ पठाएका छन् । म दाग बोकेर फर्किन चाहन्नँ ।”

राईले नियमावलीका विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३(१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ सँग बाझिएको बताए । साथै, नियम २३९ मा उल्लेख गरिएको ‘विशेष कानुन सरह लागू हुन्छ’ भन्ने व्यवस्थामाथि पनि उनले प्रश्न उठाए ।

“नियमावली कसरी विशेष कानुन हुन सक्छ ? नियमावलीलाई प्रतिनिधिसभा सदस्यको विशेष अधिकारका रूपमा व्याख्या गरिएको छ,” राईले भने, “यसमा हाम्रो गम्भीर आपत्ति छ । यो लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत छ । नियमावलीलाई टेबुल नगरी पुनः समितिमा फिर्ता पठाइनुपर्छ ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka