Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जुट मिल्स खण्डहर बन्दै: सरकारले आफैँ चलाउने कि निजी क्षेत्रलाई सुम्पिने?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | बिहान १०:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स लामो समयदेखि थप्प हुँदा अहिले खण्डहरमा परिणत भएको छ।

६७ बिघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक जुट मिल्सभित्र पुराना मेसिनहरूमा खिया लागेका छन्, भवनहरू जीर्ण बनेका छन् भने उद्योग परिसर झारपात र फोहोरले जेलिएको छ। हाल यो विशाल उद्योग परिसरको रेखदेखका लागि जम्मा नौ जना कर्मचारी मात्र कार्यरत छन्।

बिज्ञापन

उद्योग मन्त्रालयले पछिल्लो समय जुट मिल्सलाई पुनः सञ्चालनमा ल्याउने सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरेपछि यसको भविष्यबारे पुनः बहस सुरु भएको छ। मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाले कार्यदलको अध्ययनसँगै उद्योग पुनरुत्थानको आशा जागेको बताएका छन्।

तर, विज्ञ तथा सरोकारवालाहरूले भने पुराना मेसिन र कमजोर भौतिक संरचनाका कारण परम्परागत ढङ्गले यो उद्योग चलाउन असम्भवप्रायः रहेको औँल्याएका छन्।

प्रतिस्पर्धी बजारमा टिक्न नयाँ प्रविधि र ठूलो पुँजी आवश्यक पर्ने भएकाले सरकार आफैँले चलाउनुभन्दा निजी क्षेत्रलाई दीर्घकालीन लिज (भाडा) मा दिएर आधुनिक रूपमा सञ्चालन गर्नु व्यावहारिक हुने सुझाव विज्ञहरूले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa