Premier Cables

विराटनगर समाचार

विराटनगरमा एक जनाले आफ्नै पेटमा छुरा हाने, नोबेलमा उपचार हुँदै

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, बैशाख १५, २०८२  | बिहान ८:४४ बजे

विराटनगर । विराटनगरामा एक जनाले आफैलाई छुरा हानी घाइते भएका छन् । घाइते हुनेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ का ५२ वर्षीय विदुर दाहाल रहेका छन् । कञ्चनरुप घर भएपनि उनी विराटनगरस्थित दुर्गा चोकमा डेरामा बस्ने गरेको खुलेको छ ।

कोठामा कोही नभएको बेला दाहालले आज दिउँसो साढे १ बजे आफ्नै पेटमा छुरा हानेको प्रहरीले जनाएको छ । छुरा लागि घाइते भएका दाहालको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मदन केसीले जानकारी दिए ।

बिज्ञापन

पारिवारिक झगडाका कारण दाहालले आफैलाई छुरा हानेको अनुसन्धानबाट खुलेको उनले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Web Surfer
Vianet
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka