Premier Cables
Premier Steel

समाचार

पञ्चायतमा शुरु भएको राजविराज बसपार्क गणतन्त्र कालमा बन्यो, चार पटक भएको थियो शिलान्यास

नोट: यो समाचार २ महिना अघिको हो

Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ७:३९ बजे

विराटनगर । निर्माण शुरु भएको झण्डै चालिस वर्षपछि सप्तरी सदरमुकाम राजविराजमा बसपार्क संचालनमा आएको छ । विधिवत् रूपमा हस्तान्तरण भएपछि बसपार्क संचालनमा आएको हो । निर्माण कम्पनीले गत वैशाख २३ गते काम पूरा गरेको थियो । बसपार्क राजविराज नगरपालिकालाई हस्तान्तरण भई सकेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर काबा नगर प्रमुख इसरत परवीनले बसपार्कको उद्घाटन गरेका छन् ।

बिज्ञापन

१६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रूपैयाँको लागतमा संघ सरकार मातहतको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजमार्फत् सिनर्जी बिल्डर्स कुलेश्वरले स्थानीय राजदेवी चौकमा बसपार्क बनाएको हो ।

२०७४ पुस १९ गते निर्माण सम्झौता भएको थियो । तर, ६ पटक म्याद थप भई बल्ल निर्माण भएको हो ।

२०४४ सालमै पहिलोपटक तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले बसपार्क शिलान्यास गरेका थिए । ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरे ।

चौथो पटक ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा शिलान्यास गरे ।

यसअघि राजविराजमा‌ बसपार्क नहुँदा नगरक्षेत्रमा सवारीसाधनको चापले बजारको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको थियो । व्यवस्थित रूपमा पालिकाले बसपार्क सञ्चालन गर्यो भने मात्रै यातायात व्यवस्थापनमा सहज हुनेछ । यसतर्फ नगरपालिका अगाडि बढ्नु जरूरी रहेको नगरबासीको भनाइ छ ।

बसपार्कभित्र टिकट काउन्टरसहित बैंक ब्लक, रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरसमेत सञ्चालन गर्ने भवन बनाइएको छ ।

राजविराज बसपार्क निर्माणमा संघ सरकारको १६ करोड ३८ करोड भन्दा बढी रकम खर्च भएको छ ।
दुई दिनअघि भएको सामान्य वर्षामा बसपार्क भित्र सवारीसाधन पार्किङ गर्ने र यात्रु बस्ने क्षेत्रमा पानी जमेको थियो । जबकी वर्षाको पानी बगाउन बसपार्कभित्र नाला निर्माण भएको छ । तर, ढलान र सडक समथर नहुँदा जमेको पानी नालामा पुग्ने अवस्था थिएन् ।

निर्माण कम्पनीको लापरबाही र काम गराउने सरकारी निकाय सघन सहरीको अनदेखाले बसपार्कमा पानी जम्ने अवस्था आउँदा अविलम्व सच्याउन जरूरी भएको वडाअध्यक्ष अरूण यादवले बताए ।

सघन सहरी आयोजना राजविराजका प्रमुख सुरेन्द्रकुमार साहले वर्षाको पानी व्यवस्थापनका लागि नाला निर्माण गरिएको अवस्थामा पनि पानी जमेको विषय आफूलाई थाहा नभएको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka