Premier Cables
Premier Steel

अपराध राष्ट्रिय समाचार

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २२, २०८३  | बिहान ११:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | केही समय अगाडी मोरंगका भिभिन्न ठाउँहरुमा ट्रान्सफर्मर चोरीका घटना धेरै सुनिन्थे अहिले भने धेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि किसान प्रत्यक्ष मारमा परेका छन्।
मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।
प्राधिकरणका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढ्दै गएका हुन्।
तथ्यांकअनुसार महोत्तरीमा सबैभन्दा धेरै ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्।ट्रान्सफर्मर चोरी भएपछि यसको प्रत्यक्ष असर किसानमाथि परेको छ। सिँचाइका लागि विद्युत् आपूर्ति अवरुद्ध हुँदा किसानले भनेको समयमा खेतमा पानी लगाउन पाएका छैनन्।
कृषकहरूले ट्रान्सफर्मर चोरीमा संलग्नलाई तत्काल पक्राउ गरी चोरी भएका स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यता, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा अनुसन्धान भइरहेको बताएका छन् ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa