Premier Cables

कोशी प्रदेश

अध्यक्षले दिनुभएको टास्क पूरा गर्दै छलफलबाट निकास खोज्छौँ: मुख्यमन्त्री कार्की

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | साँझ ७:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो काठमाडौंबाट विराटनगर फर्किएका छन्।

​विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँगको भेट सामान्य ‘पार्टीको आन्तरिक छलफल’ मात्र भएको बताए। “अध्यक्ष कमरेडले पार्टी कमिटी र प्रदेश कमिटीलाई पार्टीको निर्णय जानकारी गराउनुभएको छ, बाँकी कुरा अध्यक्षसँगै सोध्नुहोला,” उनले भने।

विज्ञापन

​अध्यक्ष ओलीले कुनै निश्चित ‘टास्क’ दिएको चर्चाबारे सोधिएको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “टास्क त अब समय क्रममा पूरा गर्छु, हेरौँ।”

​साउन ९ गते एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सत्ता सहकार्य र सहमतिबारे बोल्दै उनले उक्त सहमतिलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।

​त्यस्तै, नेपाली कांग्रेसका मन्त्रीहरूको सम्भावित राजीनामा र सरकारको भविष्यबारे मुख्यमन्त्री कार्कीले अहिल्यै राजीनामा भन्दा पनि सबै पक्षलाई मिलाएर अगाडि बढाउने प्रयास भइरहेको बताए। “कांग्रेसको केन्द्रीय नीतिका कारण केही विषयहरू सतहमा आएका हुन्। यसबारे हामी भोलिदेखि नै संवाद सुरु गर्छौँ र केही दिनभित्रै उचित निकास निकाल्छौँ,” उनले थपे।

​पार्टी इन्चार्जले मार्ग प्रशस्त गर्न (राजीनामा दिन) निर्देशन दिएको भन्ने हल्लाबारे सोध्दा उनले यसलाई ‘घरभित्रको आन्तरिक कुरा’ भन्दै थप टिप्पणी गर्न मानेनन्।
​बुधबार अध्यक्ष ओलीलाई भेट्न उनको निवास गुण्डु पुगेका कार्की, कोशी प्रदेशमा नयाँ सरकार गठन र नेतृत्व परिवर्तनको चर्चा चलिरहेकै समयमा विराटनगर फर्किएका हुन्। ओलीसँगको यो भेटपछि उनी नै मुख्यमन्त्री पदमा निरन्तर रहने लगभग निश्चित भएको देखिन्छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka