Premier Cables
Premier Steel

अपराध राष्ट्रिय विराटनगर समाचार

सुनसरी घटनाको निष्पक्ष छानबिन र डीजे प्रतिबन्ध हटाउन माग गर्दै विराटनगरमा प्रदर्शन

करण बास्तोला Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १४, २०८३  | बिहान ११:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगरको पञ्चमुखी हनुमान मन्दिरबाट हिन्दू समाजको अगुवाइमा बिहीबार विरोध र्‍याली निकालिएको छ। आइतबार राति सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, मोरङ पुगेर ज्ञापनपत्र बुझाउने तथा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले मोरङ जिल्ला प्रशासन कार्यालयले लगाएको डीजे सञ्चालनसम्बन्धी प्रतिबन्ध हटाउन पनि माग गरेका छन्। हाल जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन जारी रहेको छ।

बिज्ञापन

स्थिति संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय परिसरमा ब्यारिकेडिङ गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa