Premier Cables
Premier Steel

अपराध राष्ट्रिय समाचार

सुनसरीमा सेनाको हवाई गस्ती, सुरक्षा निगरानी कडा

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १३, २०८३  | साँझ ४:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज र आसपासका क्षेत्रमा सुरक्षा अवस्था सुदृढ बनाउन नेपाली सेनाले हवाई गस्ती गरेको छ। पछिल्ला केही दिनयता उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सेनाले स्थल र हवाई दुवै माध्यमबाट निगरानी बढाएको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले नियमित रूपमा गस्ती गरिरहेको जानकारी दिए। उनका अनुसार बुधबारसम्म सुनसरीको अवस्था शान्त रहेको छ। कर्फ्यु आदेश जारी भएपछि नेपाली सेना फिल्डमा परिचालन भएको र त्यसकै निरन्तरतास्वरूप हवाई गस्तीसमेत गरिएको उनले बताए। शान्ति–सुरक्षा कायम राख्न पैदल तथा हवाई दुवै माध्यमबाट निगरानी जारी रहने उनको भनाइ छ।

बिज्ञापन

यसैबीच नेपाल प्रहरीले पनि ड्रोनमार्फत कप्तानगञ्ज क्षेत्रको अवस्था अनुगमन गरिरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी थप प्रभावकारी बनाएको जनाएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सुरक्षा निकायका अनुसार एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद चर्किँदा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा गरिएको हवाई फायरका बेला मेहताको मृत्यु भएको सुरक्षा निकायको दाबी छ।

उक्त घटनामा एक जनाको मृत्यु हुनुका साथै नौ जना सर्वसाधारण घाइते भएका थिए। त्यसपछि मंगलबार साँझ पुनः झडप, तोडफोड र आगजनीका घटना भएपछि क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको थियो। सुरक्षा निकायका अनुसार हाल अवस्था क्रमशः सामान्य बन्दै गएको छ भने कर्फ्यु आदेशको प्रभावकारी कार्यान्वयनसँगै सुरक्षा निगरानीलाई निरन्तरता दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa