Premier Cables
Premier Steel

अर्थ राष्ट्रिय शेयर बजार

नेप्से परिसूचक ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | साँझ ५:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ — साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से ७.९० अंकले बढेको छ । ०.२८ प्रतिशतको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ७ सय ३४ दशमलव ६३ विन्दुमा पुगेको हो ।

बिहीबार कारोबारमा आएका विभिन्न उपसमूहमध्ये फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक भने बढेको छ ।

बिज्ञापन

आज कारोबार भएका कम्पनीमध्ये १५२ वटाको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कुल ७० हजार १५८ पटकको कारोबारमा १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १४.४६ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनीको ६.८२ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९३ प्रतिशत र झापा इनर्जी लिमिटेडको सेयर मूल्य ५.५० प्रतिशतले वृद्धि भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa