Premier Cables
Premier Steel

कोशी प्रदेश

बीपी प्रतिष्ठानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमनपछि यस्तो निर्णय गरेका हुन्।

अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने तथा संस्थागत सुधारका लागि छुट्टै रिफर्म कमिटी बनाइने जानकारी दिए।

बिज्ञापन

भ्रमणका क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा, शैक्षिक वातावरण, पूर्वाधार विकास, प्रशासनिक सुशासन र सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा विस्तृत छलफल भएको थियो। मन्त्रीद्वयले प्रतिष्ठानको समग्र सुधारलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन्।

उनीहरूले १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनका लागि मन्त्रालयबाट २५ करोड रुपैयाँ बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए। साथै, लामो समयदेखि विवादमा रहेको एमसीएच भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै सेवा विस्तार र गुणस्तर सुधारमा सरकारले विशेष ध्यान दिएको बताए।

मन्त्रीद्वयले संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र व्यवस्थित पुस्तकालय निर्माण तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लबलाई अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa