Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

पछि हट्यो स्वास्थ्य बिमा बोर्ड : कोसी र बीपीमा ‘प्रथम सेवा बिन्दु’ कायम

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ।

बोर्डले अघिल्लो निर्णयअनुसार साउन १ गतेदेखि यी दुई संस्थालाई मात्र ‘रेफरल सेन्टर’ बनाउने निर्णय गरेपछि तीव्र विरोध चुलिएपछि उक्त निर्णय फिर्ता लिइएको हो। बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुबै संस्थालाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’ दुवैको रूपमा सेवा निरन्तर गर्ने निर्णय गरेको हो।

बिज्ञापन

असार १९ गतेको बोर्ड बैठकले लिएको निर्णयप्रति स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक अभियन्ता तथा सेवाग्राहीहरूले असन्तोष व्यक्त गरेका थिए। कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालले मन्त्रालयमार्फत दबाब सिर्जना भएपछि बोर्डले निर्णय सच्याएको जानकारी दिएका छन्।

नयाँ निर्णयसँगै अब यी अस्पतालमा बिमा योजनाअन्तर्गत ‘प्रथम सेवा बिन्दु’को सेवा पुनः सञ्चालन हुनेछ। पहिलाको निर्णयले कोशी अस्पतालको आर्थिक स्थितिमा गम्भीर असर पुर्‍याउने देखिएको थियो।

कोशी अस्पतालमा हाल ३७६ जना स्वास्थ्यकर्मी कार्यरत छन् — जसमध्ये १२४ जना स्थायी, १६२ जना अस्थायी तथा ९० जना ज्यालादारी कर्मचारी छन्। अस्पतालले तलब, पारिश्रमिक र सेवा सुविधाका लागि मासिक झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गर्छ।

‘प्रथम सेवा बिन्दु’ हटाउँदा स्वास्थ्य बिमा योजनाअन्तर्गत उपचार लिने बिरामीहरू प्रभावित हुन थालेका थिए। अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी आउने गर्छन्, जसमा ७० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमाबाट सेवा लिन्छन्। तीमध्ये ४० प्रतिशतभन्दा बढीले ‘प्रथम सेवा बिन्दु’को सेवा प्रयोग गर्ने गरेको तथ्यांक छ।

कोशी अस्पताल प्रशासनले असार १९ को निर्णय विरुद्ध स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको थियो। सो निर्णयको विरोधमा विराटनगर महानगरपालिका, नेपाल चिकित्सक संघ मोरङ शाखा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाहरूले पनि आवाज उठाएका थिए। विरोध चुलिएपछि मन्त्रालयले हस्तक्षेप गर्दै निर्णय सच्याउन निर्देशन दिएको हो।

यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सोही अवस्था देखिएको थियो। प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले मन्त्रालयको पत्रअनुसार प्रतिष्ठानले असोज मसान्तसम्म ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’ दुवैको रूपमा सेवा दिन स्वीकृति प्राप्त गरेको जानकारी दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka