Premier Cables
Premier Steel

कोशी प्रदेश

स्वास्थ्य मन्त्री धरानमा, बिपी प्रतिष्ठानको सिनेटबारे छलफल

Calendar बुधबार, मंसिर १७, २०८२  | अपराह्न १:४८ बजे

धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम मंगलबार धरान पुगेकी छन्। उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगामी सिनेट बैठकमा लैजान लागिएका एजेन्डाबारे पदाधिकारीहरूसँग प्रत्यक्ष छलफल गर्न धरान आएकी हुन्।

पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले भनिन्, “सिनेट बैठकका लागि आवश्यक तयारी, अस्पताल र शैक्षिक अवस्थाको मूल्यांकन तथा कर्मचारीको कठिनाइ बुझ्न म धरान आएकी हुँ।” स्वास्थ्य मन्त्री प्रतिष्ठानकी सहकुलपति पनि हुन्। सिनेट बैठकको मिति भने प्रतिष्ठानले अझै सार्वजनिक गरेको छैन।

बिज्ञापन

यसअघि, सिनेट बैठकका एजेन्डा र मिति निर्धारणको लागि प्रतिष्ठानका पदाधिकारीहरू स्वास्थ्य मन्त्रीलाई भेट्न काठमाडौं जाने गर्थे। तर जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्री शर्माले भने आफैं धरान आएर छलफल अघि बढाएकी हुन्।

सरकारको अनुगमन अभियानअन्तर्गत बिपी प्रतिष्ठानको अवस्था पनि हेर्ने भनाइ राख्दै मन्त्री शर्माले भनिन्, “जेनजी आन्दोलनपछि बनेको सरकारले संस्थागत सुधार, स्वास्थ्य प्रणाली सुदृढीकरण, निरीक्षण तथा सेवा गुणस्तरमा प्रभावकारी भूमिका खेल्नेछ।” उनका अनुसार मन्त्रालयले अनुगमनलाई भ्रष्टाचार न्यूनिकरण, संस्थागत सुधार तथा प्रभावकारी स्वास्थ्य सेवामा केन्द्रित गरेको छ।

अनुगमनमा अस्पतालको कार्यसम्पादन, वेटिङ टाइम, क्लिनिक सञ्चालन तथा स्रोत–साधनको प्रयोगको प्रत्यक्ष मूल्यांकन गरिने बताइएको छ। विभिन्न सरकारी अस्पतालहरूको अवलोकन गर्दा स्रोत–साधनको प्रभावकारी उपयोग नहुने र व्यवस्थापन कमजोर देखिएको उल्लेख गर्दै मन्त्रिले उपचारका त्रुटिहरूको गहन विश्लेषण आवश्यक रहेको बताइन्।

सरकारको निरन्तर अनुगमन अभियानले बिपी प्रतिष्ठानमा कार्यसम्पादन सुधार, सेवा सहजता र पारदर्शिता बढाउन सकारात्मक दबाब सिर्जना गर्ने अपेक्षा राखिएको मन्त्री शर्माले बताइन्।

उता, सहकुलपति समेत रहेका मन्त्रीसँग भएका छलफलका विषय र सिनेट बैठकमा प्रस्तुत हुने एजेन्डाबारे प्रतिष्ठानले भने कुनै जानकारी सार्वजनिक गरेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka