Premier Cables

कोशी प्रदेश

धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनकुटा । धनकुटामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मंगलबार बिहान धनकुटा नगरपालिका–४ स्थित स्कुलडाँडा नजिकै दुर्घटना भएको हो । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र हिलेबाट धनकुटा जिल्ला अस्पतालतर्फ आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

विज्ञापन

दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए । सुनसरीको झुम्का स्थायी घर भएका चौधरी पछिल्ला केही वर्षदेखि धनकुटामा बस्दै फर्निचर तथा मिस्त्री व्यवसाय गर्दै आएका थिए ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१ हिलेका २८ वर्षीय श्याम तामाङ घाइते भएका छन् । तामाङ धनकुटा जिल्ला अस्पतालको डायलाइसिस वार्डमा कार्यरत कर्मचारी हुन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घटनास्थल नजिकै शारीरिक प्रशिक्षण गरिरहेको नेपाली सेनाको भीमदल गणको टोलीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka