Premier Cables

समाचार

रामधुनीमा मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ बासबिटीस्थित चतरा–कान्छी चोक भित्री सडकखण्डमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरासहित तीन जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

साँझ करिब ७:२० बजे भएको उक्त दुर्घटनामा रामधुनी–६ निवासी ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय बिन्दु यादवको ज्यान गएको हो। घाइते अवस्थामै तीनै जनालाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर राति ९:२० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

विज्ञापन

दुर्घटनामा परेर इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको समेत बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका अनुसार दुर्घटना रामधुनीबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा तीव्र गतिमा ठोक्किँदा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुबै मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर लेखनाथ दाहालको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka