Premier Cables
Premier Steel

कोशी प्रदेश

‘राजतन्त्रको हर्कत सम्झँदा अहिले पनि आतंक सिर्जना हुन्छ’

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | अपराह्न २:२८ बजे

विराटनगर । नेकपा एमाले कोसी संसदीय दलका प्रमुख सचेतक विदुर कुमार लिंथेपले राजतन्त्रको हर्कत सम्झँदा पनि अहिले पनि बढो दुःख र आतंक सिर्जना हुने बताएका छन् ।

कोसी प्रदेश सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले विगतमा नमिता सुनिता, पिस्कर वा सुखानी हत्याकाण्ड र पञ्चहरुले प्रजापति सापकोटा राम थापाहरुको हत्या गरेको बताए । त्यो इतिहासमा कहालाी लाग्दो क्षण भएका उनले बताए ।
राजतन्त्र आफ्नै कारणले अन्त्य भएको हो भन्दै लिंथेपले नेपाली एउटा नागरिक देशको कार्यकारी ठाउँमा पुग्न सक्ने वातावरण गणतन्त्रले बनाएको बताए । जाति, जनजाति, महिला, पिछडिएको क्षेत्र नेतृत्वमा पुग्न सक्ने वातावरण अहिले सिर्जना भएको बताए ।
उनले महत्वपूर्ण शासान व्यवस्थाको उपलब्धि स्वरुप जनताले नै शासन गर्ने र सार्वजनिक व्यक्तिले कानुन उलंघन गरे आफै जेल जाने प्रक्रिया सुशासनको अभ्यास भएको बताए ।

बिज्ञापन

भने, ‘गतल गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने ग्यारेन्टी गरिएको छ ।’ हिजो राजपरिवारलाई कानुन कठघरामा उभ्याउने व्यवस्था नभएको भन्दै गणतन्त्रको संविधानमै ग्यारेन्टी गरिएको बताए । अहिले विश्वका थोरै मुलुकमा मात्र राजतन्त्र रहेको उनले सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka