काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
शुक्रबार दिउँसो माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले विकल्पविना बस्ती हटाउने सरकारी कदमको विरोध गरेका हुन् ।
सरकारले डोजर प्रयोग गरेर नागरिकमाथि अन्याय गरेको आरोप लगाउँदै उनीहरूले सुरक्षित आवास र नागरिक अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘डोजर आतंक बन्द गर’, ‘डोजर होइन समाधान दे’ र ‘हो सरकार हो, मेरो लोकतन्त्र खोइ ?’ लगायतका नारासहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा जेनजी मुभमेन्ट अलायन्स, बृहत नागरिक आन्दोलनलगायत विभिन्न समूह तथा अभियानकर्ताहरूले समेत ऐक्यबद्धता जनाएका थिए ।
*** समाप्त ***