Premier Cables

विराटनगर

अवलोकन तथा अध्ययन भ्रमणमा व्यापार संघको महिला उद्यम समिति टोली प्रस्थान

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | बिहान ११:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति टोली अन्तर–प्रदेश उद्योग वाणिज्य संघहरूको अवलोकन तथा अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ।

संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्मा को नेतृत्वमा रहेको टोलीलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह तथा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की लगायतले सफल यात्राको शुभकामना दिँदै बिदाइ गरेका थिए।

विज्ञापन

कोशी प्रदेशबाट सुरु भएको उक्त भ्रमण टोलीले मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघहरूको अवलोकन तथा त्यहाँको वस्तुस्थिति अध्ययन गर्ने जनाएको छ।

महिला उद्यमशीलता विकास, अन्तर–प्रदेश अनुभव आदानप्रदान तथा उद्योग व्यवसायसँग सम्बन्धित गतिविधिबारे अध्ययन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka