Premier Cables
Premier Steel

राष्ट्रिय

फिर्केखोलामा महानगरको डोजर, १६० संरचना हटाइँदै

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १०, २०८३  | बिहान ११:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र निर्माण गरिएका संरचना हटाउन डोजर चलाएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केखोलालाई व्यवस्थित गर्दै करिडोर निर्माण गर्ने अभियानअन्तर्गत महानगरले संरचना हटाउन थालेको हो ।

पोखरा महानगरका मेयर धनराज आचार्य तथा सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा आइतबार बिहान १० बजेदेखि फिर्केखोलाका तीन स्थानबाट एकसाथ डोजर परिचालन गरिएको हो ।

बिज्ञापन

पहिलो चरणमा जिरो किलोमिटरदेखि सिर्जना चोकसम्म फिर्केमाथि निर्माण गरिएका संरचना हटाइएको छ । यहाँबाट सुरु गरिएको डोजरले लायन्स भवन क्षेत्र हुँदै वडा नम्बर ६ तर्फ अगाडि बढ्ने जनाइएको छ ।

त्यसैगरी अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनाबाट संरचना हटाउन सुरु गरी वडा नम्बर ४ तर्फ अघि बढेको छ । तेस्रो डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट भत्काउने काम सुरु गरी वडा नम्बर ५ र ८ तर्फ जानेछ ।

२०८० साल असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउन लागिएको महानगरले जनाएको छ । प्रतिवेदनअनुसार खोलाघरभित्र १६० वटा संरचना रहेका छन् । तीमध्ये प्रदेश प्रहरी कार्यालयसहित सरकारी कार्यालय, समाजघरदेखि सर्वसाधारणका निजी घरसमेत परेका छन् ।

महानगरपालिकाले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै जेठ ९ गतेभित्र स्थायी तथा अस्थायी संरचना आफैं हटाउन आग्रह गरेको थियो । तोकिएको समय सकिएपछि महानगरले डोजर प्रयोग गरेर हटाउने प्रक्रिया अघि बढाएको हो ।

महानगरले डोजर चलाउने सूचना जारी गरेपछि फिर्केखोलाभित्र रहेका फोटोग्राफर संघ, लायन्स क्लब तथा केही स्थानीयले आफ्ना संरचना आफैं हटाएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka