Premier Cables
Premier Steel

राष्ट्रिय

राजनीतिमा संलग्न कर्मचारीको जागिर चट, सरकारले दियो सेवाबाट हटाइने चेतावनी

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | राती ८:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न भए कडा कारबाही गरिने चेतावनी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्छ ।

सूचनामा निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार कुनै कर्मचारी राजनीतिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

मन्त्रालयले निजामती कर्मचारीलाई कुनै राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन नपाइने स्पष्ट पारेको छ । साथै राजनीतिक गतिविधिमा सहभागी हुने, संगठनको सदस्यता लिने वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

‘निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन वा जनवर्गीय संगठनसँग आबद्ध भई सदस्यता लिएको वा राजनीतिक क्रियाकलापमा संलग्न भएको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka