Premier Cables
Premier Steel

मौसम

कोशीसहित विभिन्न प्रदेशमा वर्षा जारी, चट्याङ्ग र असिनाको सम्भावना

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको विराटनगरसहित विभिन्न क्षेत्रमा गएरातिदेखि परेको वर्षा बिहानसम्म पनि जारी रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था छ ।

बिज्ञापन

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । साथै हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मधेससहित अन्य तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङ्गको जोखिम रहने जनाइएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka