Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जर्मनीमा अपार्टमेन्टमा आगलागी हुँदा तीन भारतीय विद्यार्थीको मृत्यु, ४१ वर्षीय व्यक्ति पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | साँझ ६:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमा बस्दै आएका ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मृतकहरू तीनै जना जर्मनीमा अध्ययनरत विद्यार्थी रहेको दूतावासले जनाएको छ ।

विज्ञापन

प्रहरीका अनुसार, मृत्यु हुनेमा २५ र २७ वर्षीया दुई महिला तथा २६ वर्षीय एक पुरुष छन् । आगलागीको कारण पत्ता लगाउन गरिएको विस्तृत अनुसन्धानका क्रममा प्राविधिक त्रुटिको सम्भावना अस्वीकार भएपछि भवनमा बस्ने ४१ वर्षीय व्यक्तिमाथि शङ्का बढेको हो ।

सन्दिग्ध व्यक्तिसँग हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले सोधपुछ गरेका छन् । बोचमस्थित अभियोजन कार्यालयको निर्देशनमा घटनाबारे थप अनुसन्धान भइरहेको जर्मन प्रहरी र अभियोजनकर्ताले जनाएका छन् ।

समाचार संस्था एनाडोलुले जर्मन सार्वजनिक प्रसारक एनडिआरलाई उद्धृत गर्दै आगलागी हुनुभन्दा एक दिनअघि भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ । उक्त भवनमा यसअघि पनि पटकपटक घटनाहरू भएपछि प्रहरी पुगेको समाचारमा उल्लेख छ । यद्यपि, प्रहरीले ती पुराना घटनाको आगलागीसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

यसैबीच, बर्लिनस्थित भारतीय दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावासले स्थानीय अधिकारी तथा मृतकका परिवारसँग समन्वय गरिरहेका छन् । दुवै निकायले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाउँदै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

आगलागीको वास्तविक कारण र घटनामा पक्राउ परेका व्यक्तिको संलग्नताबारे जर्मन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka