Premier Cables
Premier Steel

मौसम

चार प्रदेशका नदीमा बहाव बढ्ने, शनिबारदेखि सर्तक रहन आग्रह

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १७, २०८२  | राती ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।

विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।

विज्ञापन

विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहे पनि त्यसपछि भने केही नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए।

‘शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ,’ उनले भने, ‘आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।’

आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए । उल्लिखित पूर्वानुमानअनुसार बाढी र डुबान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka