नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रममा हात उठाएका सबै सांसदले प्रश्न सोध्न अवसर पाएनन्।
दलीय आधारमा प्रत्येक दलबाट एक–एक जना सांसदले मात्र प्रश्न सोध्न पाएपछि सभामुखले कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।
यसक्रममा एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृति समितिका सदस्य ध्रुवराज राईलगायतका सांसदहरूले प्रश्न सोध्नका लागि हात उठाएका थिए। प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग केही सांसदको सवाल–जवाफसमेत भएको थियो।
कार्यक्रम सकिएको घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ असन्तुष्ट देखिएकी थिइन्। उनले विपक्षी सांसदतर्फ आक्रोश व्यक्त गरेकी थिइन्। रास्वपाका अन्य सांसदहरूले उनलाई शान्त रहन र बस्न आग्रह गरे पनि उनले नमानेपछि सहकर्मी सांसदहरूले हात समातेर उनलाई सदनबाहिर लगे।
