Premier Cables
Premier Steel

राष्ट्रिय

टर्किस एयरलाइन्सको विमानमा त्रिभुवन विमानस्थलमा आगलागी, त्रिभुवन विमानस्थल सूचारु

सबै यात्रु सुरक्षित

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएको छ । विमानको ल्यान्डिङ गियर (चक्का) मा आगो देखिएपछि तत्काल दमकल परिचालन गरी नियन्त्रणमा लिइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आकस्मिक ढोका खोलेर यात्रुहरुको उद्धार गरिएको थियो ।

बिज्ञापन

इस्तानबुलबाट काठमाडौं आएको TK726 नम्बरको उक्त विमानमा चार बालबालिकासहित २७८ जना यात्रु सवार थिए । उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव तथा यात्रुका सामानसमेत रहेको जनाइएको छ ।

आज बिहान पौने ७ बजेतिर अवतरण गरेपछि धावनमार्गमा टर्न गर्ने क्रममा विमानको चक्काबाट आगो निस्किएको थियो । आगलागीपछि विमान धावनमार्गमै रोकिँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए ।

आगो नियन्त्रण, यात्रु उद्धार तथा अन्य सुरक्षा कार्य सम्पन्न भएपछि विमानस्थल पुनः सञ्चालनमा आएको छ । घटनाका कारण केही अन्तर्राष्ट्रिय उडानको नियमित तालिका प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka