Premier Cables

विराटनगर

विराटनगरको मानगढ खानेपानी संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

नोट: यो समाचार २ महिना अघिको हो

Calendar सोमबार, जेठ १२, २०८२  | बिहान ८:३० बजे

विराटनगर । विराटनगरको मानगढ खोपानी संस्थाको अध्यक्ष पदमा लालमणि भट्टराई निर्वाचित भएका छन् । उनले १८८९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी रामबहादुर घिमिरेले ११५४ मत प्राप्त गरे । यसैगरी अध्यक्ष पदकी अर्की प्रत्यासी दुर्गा चापागाईंले ६३५ मत प्राप्त गरिन ।

उपाध्यक्ष महिलामा सावित्रा पोखरेल १२०३ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटम प्रतिस्पर्धी सावित्रा कुमारी न्यौपानेले ११३९ मत ल्याइन । यसैगरी अर्की प्रतिस्पर्धी देवीमाया बास्तोलाले ७८८ मत प्राप्त गरिन ।

बिज्ञापन

खुला उपाध्यक्षमा भोलानाथ घिमिरे विजयी भएका छन् । उनले १३६१ मत प्राप्त गरे । सोही पदका उमेदवार बुद्धिप्रसाद पौडेलले ८५०, रुद्र बहादुर कार्कीले ७०९, कौशिला बन्जारा रेग्मीले ४५०दामोदर खरालले ९८ मत ल्याए ।

सचिवमा १६७९ मत ल्याएर प्रदिपकुमार नेपाल विजयी भएका छन् । पवन भट्टराईले ७४१नगेन्द्र प्रसाद ढकालले ८४३ मत ल्याए ।

कोषाध्यक्ष पदमा ९६५ मत ल्याएर सरोज घिमिरे विजयी भएका छन् । सेही पदमा अन्नर्पूण पोखरेलले ५०८, हिरण्य निरौलाले ९२०राजेन्द्र कुमार पोखरेलले ७४७ मत प्राप्त गरे ।

मानगढ खानेपानी संस्था

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka