Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको नयाँ नेतृत्व र संशोधित विधानलाई निर्वाचन आयोगको मान्यता, अभिलेख अद्यावधिक

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व तथा संशोधित विधानलाई निर्वाचन आयोगले अभिलेखमा अद्यावधिक गरेको छ।

निर्वाचन आयोगले बुधबार बसेको बैठकबाट कांग्रेसको नयाँ पदाधिकारी तथा महाधिवेशनबाट पारित संशोधित विधानसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

विज्ञापन

आयोगका प्रवक्ता नारायण भट्टराईले बुधबारको बैठकले कांग्रेसको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

नेपाली कांग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको विधानमा समेत विभिन्न संशोधन गरिएको थियो।

महाधिवेशन सम्पन्न भएपछि पार्टीले नयाँ पदाधिकारी र केन्द्रीय समितिको विवरणसहित संशोधित विधान निर्वाचन आयोगमा पेस गरेको थियो।

तर, आयोगले लामो समयसम्म अभिलेख अद्यावधिक नगर्दा कांग्रेसभित्र तथा राजनीतिक वृत्तमा विभिन्न आशंका र प्रश्नहरू उठ्दै आएका थिए।

आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको नयाँ नेतृत्व र महाधिवेशनबाट पारित विधानसम्बन्धी विवरणले औपचारिक रूपमा अभिलेखमा स्थान पाएको छ।

यस निर्णयलाई कांग्रेसको आन्तरिक संगठनात्मक प्रक्रियाले थप औपचारिकता पाएको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka