२०८२ जेठ ११, आइतबार
Premier Cables

विराटनगर समाचार

मानगढ खानेपानी निर्वाचन अपडेट : अपरान्ह ३ बजेसम्म ३२५९ मत खस्यो

Hamro Biratnagar Calendar शनिबार, जेठ १०, २०८२  | 4:06 PM

विराटनगर । विराटनगरको मानगढ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । अपरान्ह ३ बजे सम्ममा कूल ३२५९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा जारी मतदानको समय बेलुका ५ बजेसम्म तोकिएको छ । नेतृत्वमा पुग्न तीनवटा प्यानल चुनावी मैदानमा छन् ।

बिज्ञापन

अध्यक्ष पदमा रामबहादुर घिमिरे, लालमणि भट्टराई र दुर्गा चापागाईँ प्यान बनाएर उठेका छन् । भट्टराई र घिमिरे नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन । यसैगरी चापागाईँ नेपाली कांग्रेसको समर्थित उम्मेदवार हुन् ।

नयाँ नेतृत्व छान्न पछिल्लो पटक २०८१ जेठ १९ मा मतदान भएको थियो । तर, निर्वाचन प्रक्रियाको विषयमा मुद्दा परेपछि उच्च अदालत विराटनगरले पुन: मतदान गर्नुपर्ने फैसला गरेको थियो ।

निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालले बताएअनुसार समितिको नेतृत्व छान्न ५ हजार ९८८ उपभोक्ता मतदाता छन् । मतदान स्थलमा १२ वटा बुथ राखेर मत खसाउने प्रबन्ध गरिएको छ ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो