Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौंमा साझाले शुरु गर्यो रात्रि बससेवा

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०१, २०८३  | राती ८:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि राजधानीमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ।

साझा यातायातसँगको सहकार्यमा सुरु गरिएको यो सेवा साँझ ७ बजेदेखि पुल्चोकबाट औपचारिक रूपमा शुभारम्भ गरिएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

बिज्ञापन

पहिलो चरणमा उपत्यकाका दुई मुख्य रुटमा विद्युतीय बस सञ्चालन हुनेछन्। एउटा रुट लगनखेलदेखि बूढानीलकण्ठसम्म हुनेछ भने अर्को रुट थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहनेछ। यी दुवै रुटमा बसहरू दुवैतर्फ आवतजावत गर्नेछन्।

लगनखेल–बूढानीलकण्ठ रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण रुट करिब १६ किलोमिटर लामो छ।

त्यसैगरी, थानकोट–विमानस्थल रुट थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। यो पूर्व–पश्चिम रुटको दूरी करिब २० किलोमिटर छ।

महानगरका अनुसार यी दुई रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुहरू महँगो भाडा तिर्न बाध्य हुने समस्यालाई ध्यानमा राख्दै रात्रि सेवा सुरु गरिएको हो।

प्रारम्भिक चरणमा साँझदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछ र प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ। यात्रु सुरक्षालाई प्राथमिकता दिँदै बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने नगर प्रहरी पनि खटाइनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka