Premier Cables
Premier Steel

राजनीति

श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। मन्त्री नियुक्त भएको १३ दिनमै साहलाई हटाउने तयारी अघि बढाइएको हो।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विवादित पृष्ठभूमि भएका साहलाई पर्याप्त अध्ययनबिनै नियुक्त गरिएको भन्दै अहिले हटाउने तयारी गरिएको हो। यद्यपि, प्रधानमन्त्रीको सूचना तथा जनसम्पर्क टिमलाई भने यसबारे औपचारिक जानकारी दिइएको छैन।

बिज्ञापन

स्रोतका अनुसार साह विगतमा एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम असुली गरेको अभियोगमा समेत मुछिएका थिए र उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो। मन्त्री बनेपछि पनि उनले स्वास्थ्य सचिवमार्फत आफ्नी श्रीमती जुनु श्रेष्ठको बिमा बोर्ड सदस्यता सक्रिय गराउन दबाब दिएको आरोप लागेको छ। बैठकमा पटक–पटक अनुपस्थित भएपछि निष्क्रिय भएको उक्त सदस्यता पुनः सक्रिय गराउने निर्णयमा सचिवलाई प्रभावित पारेको रिपोर्ट प्रधानमन्त्री कार्यालयसम्म पुगेको बताइएको छ।

स्वास्थ्य सचिव विकास देवकोटाले सदस्यता सक्रिय गर्दा उपयुक्त हुने सुझाव दिएपछि स्वास्थ्यमन्त्री निशा मेहताले प्रक्रिया अघि बढाएकी थिइन्। तर विषय सार्वजनिक भएसँगै विवाद चर्किएको र पछि उक्त निर्णय सच्याइएको स्वास्थ्यमन्त्रीनिकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार स्वास्थ्यमन्त्री मेहताले निर्णय कसरी हुन पुग्यो भन्नेबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइसकेकी छन्। प्रधानमन्त्री शाहले भने मन्त्रीहरूलाई कर्मचारी वा अन्य कुनै प्रभावमा नपर्न र गल्ती गरेर पछि स्पष्टीकरण दिने प्रवृत्ति नअपनाउन निर्देशन दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka