Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा गिरावट

Calendar मंगलबार, माघ १३, २०८२  | अपराह्न ३:३३ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.५३ प्रतिशत अर्थात ४२.५८ अंकले घटेर २ हजार ७२६.५१ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ प्रतिशतले घटेर ४६४.४६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार शालिकराम ढकाल भन्छन्, ‘हिजो र आज बजारमा करेक्सन देखिएको छ । गत सातादेखि लगातार बजार बढेकाले दुईदिन सेयरबजारमा करेक्सन देखिएको छ ।

यसलाई नाफा बुक पनि मान्न सकिन्छ । ट्रेडरहरुले केही प्रतिशत नाफा बुक गर्दा सेलिङ प्रेसर पनि आएको बुझ्न सकिन्छ । आज पनि २० अंक जतिको करेक्सन देखिन्छ भन्ने थियो तर ठूलो करेक्सन देखिएको छ ।

लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था भने छैन । घट्दो बजार भनेको लगानी गर्ने अवसर पनि हो । क्यान्डल हेर्दा मार्केट वियरिस ट्रेन्डमा जान लागेको जस्तो पनि देखिन्छ तर भोलिको सिनारियो हेरेपछि मात्रै बजार कता जान्छ भन्ने तय हुन सक्छ । नत्र सामान्यतया बजारमा स–सानो करेक्सन देखिएर माथि जाने नै सम्भावना छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १२ वटामा रातो पोतियो भने एउटा समूह अपरिवर्तित रह्यो । म्युचुअल फण्ड समूह आज स्थिर रह्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात २.४४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.४९ प्रतिशत, विकास बैंक १,होटल १.९०, हाईड्रो १.४१, लगानी १.७०, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४०, लघुवित्त १.४३, निर्जीवन बीमा १.७४, अन्य १.९७ र व्यापार ०.५१ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka