Premier Cables
Premier Steel

प्रदेश समाचार

विषाक्त च्यायु खाँदा इलाम माङसेबुङका एकै वडाका तीन जनाको मृत्यू

गम्भीर बिरामीमध्ये दुई जना विराट नर्सिङ होममा उपचाररत थिए

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, जेठ ११, २०८२  | साँझ ४:५३ बजे

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा विषाक्त च्याउ खाँदा एकै वडाका तीन जनाको ज्यान गएको छ ।

माङसेबुङ –५ को स्थानीय चिया बगानमा उम्रिएको च्याउ खाएर बिरामी भएका उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यू भएको हो । बिरामी परेका ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नूमा लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गम्भीर बिरामी परेका उनीहरुलाई झापाको बिर्तामोडस्थित बिएनसी अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि उनीहरूले चिया बगानमा भेटिएको जंगली च्याउ घर लगेर पकाएर खाएका थिए। त्यसपछि उनीहरूमा एक्कासि स्वास्थ्य समस्या देखिएको थियो।

बिरामी परेकी मनिषा लिम्बू र नुमा लावती थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा रेफर गरिएको थियो । अमर लावतीको भने उपचारका क्रममा आइतबार बिएनसी अस्पतालमा मृत्यू भएको हो ।

स्थानीय तह र स्वास्थ्य निकायले च्याउ सेवनका जोखिमबारे सचेत रहन र जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka