Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको श्री अस्पतालमा भिडियो कलमार्फत उपचार गर्दा बालकको मृत्यु

घटनालाई लुकाउन उपचार खर्च छुट दिन र पीडित परिवारलाई २५ हजार रुपैयाँ दिन खोजेको परिवारले आरोप लगाएको छ

नोट: यो समाचार १० महिना अघिको हो

राहुल सोनी Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख २७, २०८२  | राती १०:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको श्री अस्पतालमा भिडियो कलमार्फत उपचार गर्दा मोरङ जहदा–३ का ७ महिनाका बालकको मृत्यु भएको छ। गम्भीर बिरामी भएको अवस्थामा परिवारले बारम्बार डाक्टरलाई अस्पतालमा उपस्थित गराउन आग्रह गरे पनि डाक्टरले भिडियो कलमार्फत मात्र निर्देशन दिएपछि बालकको निधन भएको परिवारले आरोप लगाएको हो ।

शनिवार बिहान बालकको निधन भएपछि यो घटना सार्वजनिक भएको हो। परिवारका अनुसार बालकलाई ज्वरो र रुघाखोकीका कारण बिग्रिँदो स्वास्थ्य अवस्थामा बालबालिका क्लिनिकमार्फत डाक्टर राजेश यादवको सल्लाहमा श्री अस्पताल ल्याइएको थियो।

बिज्ञापन

पछिल्लो बिहीबार ज्वरो आएपछि बालबालिका क्लिनिकमा स्वास्थ्य परीक्षण गराइएको थियो। डाक्टर राजेश यादवले घर लैजान सुझाव दिए पनि घर पुगेपछि अवस्था झनै बिग्रिँदै गएको थियो । शुक्रबार बिहान १० बजे पुनः क्लिनिक ल्याइएका बालकलाई डाक्टर यादवले नै श्री अस्पताल लैजान सल्लाह दिएका थिए।

परिवारले अस्पताल पुर्याएपछि बालकको अवस्था सामान्य रहेको भन्दै कुनै चिन्ता नलिन अस्पताल प्रशासनले जानकारी गराएको थियो। तर, राति करिब १२ बजे अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि बालकका पिता विश्व राजवंशीले डाक्टर यादवलाई बोलाउन बारम्बार आग्रह गरे। तर, अस्पताल प्रशासनले डाक्टर आउनु हुदै छ भनेर मेडिकल अफिसर सुजित साहमार्फत भिडियो कलबानट निर्देशन दिएका थिए।
शनिवार बिहान ६ बजे बालकको निधन भएपछि अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा आएको छ।

यस विसयमा डाक्टर यादवले बालकलाई निमोनिया भएको जानकारी दिदै आफुले सबै प्रक्रिया पूरा गरी उपचार गरिएको दाबी गरेका छन्। उनका अनुसार, बालकलाई पानी नदिन सुझाव दिए पनि पानी खुवाएपछि स्वास्थ्य झन् बिग्रिएको थियो। बालकलाई आइसियुमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको यादवले बताए।

यसअघि पनि डाक्टर यादवको नाम ग्रिन क्रस अस्पतालमा यस्तै विवादमा तानिएको थियो।

यस प्रकरणमा श्री अस्पतालले सरकारी प्रक्रिया पूरा नगरेको र क्लिनिकमार्फत मोटो कमिसनमा बिरामी अस्पताल ल्याउने गरेको आरोप लागेको छ ।
अस्पताल प्रशासनले घटनालाई लुकाउन उपचार खर्च छुट दिन र पीडित परिवारलाई २५ हजार रुपैयाँ दिन खोजेको परिवारले आरोप लगाएको छ। तर, परिवारले दोषी अस्पताल र डाक्टरविरुद्ध कडा कारबाहीको माग राखेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka